दफा ४१
जाहेरवाला वा पीडितलाई सूचना दिनु पर्ने
कुनै कसूरको सम्बन्धमा दफा ३१ को उपदफा (३) बमोजिम मुद्दा नचलाउने निर्णय भएमा अनुसन्धान अधिकारीले त्यसको कारण सहितको सूचना जाहेरवाला वा पीडितलाई यथाशिघ्र दिनु पर्नेछ ।